२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

पारसको टिप्पणीः नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भयो

सोमवार , जेठ २८, २०८१

  • 970
    Shares
  • 970
    Shares
  • काठमाण्डौं, २८ जेठ ।नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपालले जारी आईसिसि टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गरेका छन।


    सोमवार ललितपुरमा सिजि फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो प्रतिक्रिया जनाएका हुन। उनले नेपाल १० वर्षको अन्तरालपछि टि २० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताए । उनले अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने बताए । उनले नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताए  । उनले नेपाली क्रिकेट धेरै संघर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गरे । उनले नेपाल विश्वका नम्बर वान देशहरुसँग खेलिरहेकाले एउटा खेलबाट मूल्यांकन नगर्न आग्रह गरे ।

    तीन वटा म्याच बाँकी छ । फस्र्ट म्याचको रिजल्ट पछि अलिकति हामी धेरै नै सबैजना क्रिकेट टिमप्रति धेरै नै विश्लेषकहरुको वृद्धि भएको छ । नेपाल क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरे नै बढेको छ । तर मेरो विनम्र अनुरोध यो छ की नेपाली क्रिकेट धेरै ने संघर्ष गरेर यहाँसम्म आइपुगेको हो । धेरै मान्छेहरुको सहयोगले यो स्थितिसम्म आएको छ । आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दैछ । नेपाल विश्वका नम्बर वान देशहरुसँग खेल्दैछ । खेलाडीहरुले जि ज्यान लगाएर गर्नुभएको छ । क्यानले जे गर्नसक्थ्यो । त्यो गरेको छ । हामी सकारात्मक सोचका साथ अघि बढौँ ।’

    उनले खेलाडीहरुका लागि क्यानले सक्ने जति सबै गरेको भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।