
बुधवार , जेठ ३०, २०८१
भैरहवा । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कदै गरेको बोलेरो जीप दुर्घटनामा परेको छ । बुधबार राती भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट बुटवल जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र २ जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी स्याङ्जा पुलतीबजार घर भइ हाल बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ का ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ कै ५० वर्षीय भगवती श्रेष्ठको मृत्यु भएको डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ र बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ साढे ८ बजे आफूहरुलाई घटनाबारे जानकारी आएपछि प्रहरी उद्धारमा पुगेको डिएसपी पण्डितले जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij