
बिहिवार , जेठ ३१, २०८१
भैरहवा । पाल्पाको नुवाकोटगढीबाट बुटवल फर्कदै गरेको कार दुर्घटनामा हुँदा यशोदा फुड्स प्रा.लिका कर्पोरेट म्यानेजरसहित ३ जनाको ज्यान गएको छ ।
बुधबार राती साढे आठ बजेतिर भएको दुर्घटनामा परी यशोदा फुड्सका कर्पोरेट म्यानेजर रामप्रसाद शर्मा (छविलाल) सहित ३ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा स्याङ्जा पुलतीबजार घर भइ हाल बुटवल १० बस्ने कारका चालक तथा यशोदा फुड्सका कर्पोरेट म्यानेजर रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा ३ का ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ कै ५० वर्षीय भगवती श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
मृतकहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनामा परी बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ र बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् ।
घाईते मध्यकी चन्द्राको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकि मेडिकल कलेज भैरहवामा उपचार भईरहेको र उनको अबस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।
अर्की घाईते लक्ष्मीताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ । उनको अबस्था सुधारउन्मुख रहेको बताईएको छ ।
लु २ च ८५३१ नम्बरको कार नुवाकोटबाट बुटवल जीतगढी झर्ने ओरालोमा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार कार झण्डै दुई सय मिटर सडकबाट तल झरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij