
शुक्रवार , आषाढ १, २०८१
रूपन्देही, ३२ जेठ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन मजदूरको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीनजना महिला मजदूर पुरिएका थिए ।
पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलले बताए ।
ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।
यसैबीच नगरपालिकाले वर्षा लागेपछि काम गरेको र वर्षा लागेपछि काम लगाएका कारण मजदुरहरुको ज्यान गएको भन्दै आक्रोशित स्थानीयले नगरप्रमुख (मेयर) विष्णु प्रसाद भुसालको घर घेरेर ढुंगामुढा गरेको स्थानीयले जनाएका छन् ।
स्थानीयले उक्त नाला ठूलो भएको र वर्षामा काम गर्दा कुनै दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाको कामको विरोध गर्दै आएका थिए । स्थानीयले उक्त नाला ठूलो भएको र बर्षामा काम गर्दा कुनै दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाको कामको विरोध गर्दै आएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij