२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

नेपालले बनाउने रन बराबर लायन्स भैरहवा लिगेसीले विरुवा रोप्ने

शुक्रवार , आषाढ १, २०८१

भैरहवा, ३२ जेठ । 
लायन्स क्लब अफ भैरहवा लिगेसीले आईसीसी टी–२० क्रिकेट विश्वकप अन्तर्गत शनिबार (भोलि) बिहान हुने दक्षिण अफ्रिकासँगको खेलमा नेपाली राष्ट्रिय टोलीले बनाउने प्रत्येक १ रन बराबर १ विरुवा रोप्ने भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील क्लबले शुक्रबार उक्त घोषणा गरेको हो ।

नेपाली क्रिकेट टीमले बनाउने रन बराबरको विरुवा रोप्ने क्लबले घोषणा गरेको छ । लायन्स क्लब अफ भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले भने, ‘शनिबार बिहान हुने नेपाल र दक्षिण अफ्रिकाबीचको खेलमा हाम्रो गौरवशाली नेपाली क्रिकेट टीमले जति रनको योगदान गर्छ, त्यति विरुवा रोपिनेछ ।’

क्लबले वृक्षारोपण गर्ने मिति, समय र स्थानबारे पछि जानकारी गराइने क्लबका सचिव नारायण प्रसाद कोइरालाले बताए ।

296730688_104332915716863_7669431630460451282_n.jpg

अमेरिका र वेस्ट इण्डिजमा जारी आईसीसी टी–२० क्रिकेटको पहिलो चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शनिबार बिहान दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सेन्ट भिसेन्ट एन्ड ग्रेनाडिनेसस्थित आर्नोस भेला रंगशालामा सुरू हुनेछ ।

नेपालले यसअघि यू–१९ विश्वकपमा भने दक्षिण अफ्रिकासँग खेलेको थियो । सन् २००४ मा बंगलादेशमा आयोजना भएको यू–१९ विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई १ विकेटले हराएको थियो । त्यस विश्वकपको पहिलो चरणमा नेपालले ३ मध्ये २ खेल जितेर पनि दोस्रो चरणको यात्रा तय गर्न सकेको थिएन ।