२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत

शनिवार , आषाढ २, २०८१

  • 895
    Shares
  • 895
    Shares
  • तिलोत्तमा, १ असार ।
    तिलोत्तमा व्यापार संघ रुपन्देहीले संघका कार्यालय प्रमुखलाई बिदाई तथा नवनियुक्त कार्यालय प्रमुखको स्वागत गरेको छ । एक कार्यक्रमकाबीच संघले कार्यालय प्रमुखको रुपमा लामो समय काम गरेका रामप्रसाद सापकोटालाई बिदाई र नवनियुक्त कार्यालय प्रमुख दिलमाया रानालाई स्वागत गरेको हो । 

    वैदेशिक रोजगारीका लागि न्यूजील्याण्ड जाने भएपछि सापकोटाले कार्यालय प्रमुखबाट केही दिनअघि राजीनामा दिएका थिए । त्यसपछि नयाँ कार्यालय प्रमुखको रुपमा दिलमाया रानालाई नियुक्त गरिएको हो । सापकोटाको हौसलाका संघले एक महिनाको अतिरिक्त पारिश्रमिक प्रदान गरी बिदाई गरेको हो । 

    त्यसअवसरमा संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले बिदाई भएका कार्यालय प्रमुखले ८ वर्षसम्म संस्थाप्रति गरेको योगदानको कदर गर्दै हौसला स्वरुप कदरपत्र, नगद, तथा मायाको चिनोसहितले सम्मान गर्दै बिदाई गरेको बताए । साथै उनले आगामी दिनमा थप सफलको शुभकामना दिएका थिए ।

    साथै कार्यक्रमकै अवसरमा हालै सम्पन्न नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट संघका सल्लाहकार यज्ञ गैरे अध्यक्ष एवं संघका कार्यसमिति सदस्य, लेखा आयोग सचिवमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश महासचिव एवं संघका संस्थापक अध्यक्ष जे.पी कंडेल, संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, महासचिव चेतनारायण विश्वकर्मा (बिष्णु), सचिव कृष्ण प्रसाद भट्टराई लगायत कार्यसमिति पदाधिकारी, सदस्य, लेखासमितिले संघका कार्यालय प्रमुख राम प्रसाद सापकोटा (रामु) लाई बिदाई एवं नवनियुक्त कार्यालय प्रमुख दिलमाया रानालाई स्वागत गरी शुभकामना दिएका थिए ।