२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको अध्यक्ष बने भरत कार्की

शनिवार , आषाढ २, २०८१

भैरहवा, १ असार ।
लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको वर्ष २०२४/०२५ को लागि शनिबार निर्वाचन (क्लब बोर्ड इलेक्सन) भएको छ । भैरहवामा निर्वाचनबाट श्रवण कुमार कार्की (भरत)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । 

त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा दिक्षा केसी, द्वितीय उपाध्यक्षमा सागर न्यौपाने, तृतीय उपाध्यक्षमा मिलन पौडेल, सचिवमा मनिषा कार्की सह-सचिवमा कमल घिमिरे, कोषाध्यक्षमा सुनिल खनाल र सह-कोषाध्यक्षमा केएल पाण्डे निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कमल परियारले बताए ।

त्यस्तै जनसम्पर्क अधिकारी (पीआरओ) मा राहुल नाउ, टेल ट्वीष्टरमा संगम ज्ञवाली, निर्देशक (डाईरेक्टर) मा सुस्मिता वि.क., गंगा जयसवाल, नवराज सिंह, राकेश कुर्मी र सन्नी सिंह निर्वाचत भएको लियो जिल्ला परिषद् ३२५ पी नेपालको प्रेसिडेण्ट एडभाइजर तथा मनोनयन अधिकृत सरोज ठकुरीले जानकारी दिए ।  

dd22e5b1-7a0c-4c3e-8078-9198cb7c6634.jpeg

लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ वर्ष २०२३/०२४ का अध्यक्ष विवेक भण्डारीको अध्यक्षता, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष मिलन विश्वकर्माको प्रमुख आतिथ्यता, क्लबका वर्ष २०२४/०२५ का अध्यक्ष संजोगराज तिवारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मिलन विश्वकर्माले निर्वाचित क्लबका पदाधिकारी र सदस्यहरुलाई खादा र टीका लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको वर्ष २०२४/०२५ का लागि अध्यक्षमा निर्वाचित भरत कार्कीले आफ्नो कार्यकालमा क्लबको गरिमालाई अझ उचो बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।