२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

जानेको सिकाउने र नजानेको सिक्न पाइने साझा मञ्च बन्दै ‘एलएसडीटी’

आइतवार , आषाढ ३, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, २ असार ।
    लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को ११८ औं श्रृंखला सम्पन्न भएको छ । एलएसडीटीले जानेको सिकाउने र नजानेको सिक्ने सुत्रलाई व्यवहारमा उतार्दै आएकोमा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा उद्योगी नारायण प्रसाद अग्रवालले खुशी व्यक्त गरे । विपश्यनाका अनुभवी साधक समेत रहेका अग्रवालले भने, ‘मानिसले आफ्ना लागि २ घण्टा भए पनि समय व्यवस्थापन गरेर शरीर र चित्त शुद्धीका निम्ति कार्य गर्न सकेमा समाजमा उदाहरणीय लिडर बन्न सकिन्छ ।’

    लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) को ११८ औं श्रृंखलाका अध्यक्ष रुद्रदेवी फ्रेण्ड्स क्लबका पदाधिकारी तथा एलएसडीटी सदस्य व्यवसायी प्रकाश रेग्मीले धन्यवाद मन्तव्य राखेका थिए । रेग्मीले आफ्नो अनुभव सुनाउँदै भने, ‘एलएसडीटीले मेरो जीवन शैलीमा समेत सकारात्मक प्रभाव पारेको छ ।’

    कार्यक्रमको सञ्चालन एलएसडीटी सदस्य, माया तेलका सञ्चालक, उद्यमी, नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघका केन्द्रिय अध्यक्ष मोहन बानियाले गरेका थिए । कार्यक्रम सञ्चालन गर्दै उनले भने, ‘मैले पहिलोपटक कार्यक्रम सञ्चालन गरेको छु । यो अनुभव संकलन गर्ने अवसर मलाई एलएसडीटीले दिएको छ ।’ उनले अरुलाई पनि जोडिन आग्रह गरे ।

    ११८ औ श्रृंखलाका कार्यक्रम संयोजक लिला भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् । स्वागत मन्तव्य राख्दै उनले भनिन, ‘एलएसडीटिले आफ्नै फूलबारीको पुष्पबाट तयार गरेको पुष्प गुच्छाबाट स्वागत गर्ने अभ्यास सिकाइरहेको छ ।’

    WhatsApp Image 2024-06-16 at 8.42.27 AM (1).jpeg

    लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङको स्थापना विजय पाण्डेले गरेका हुन् । पाण्डे मुख्य प्रशिक्षक रहेको व्यवस्थापन समितिका तर्फबाट व्यवस्थापन संयोजक नितु थापाले बताइन् ।

    भैरहवास्थित एसियन बुद्ध होटलमा प्रत्येक शनिबार बिहान निःशुल्क रुपमा तालिम सञ्चालन हुँदै आएको छ । तालिम सदस्यहरुको स्वेच्छिक योगदानबाट सञ्चालन हुँदै आएको एलएसडीटीका सचिवालय प्रमुख तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवालीले बताए ।