२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लियो क्लब अफ सिद्धार्थनगर युथको अध्यक्षमा सौरभ लाभ

आइतवार , आषाढ ३, २०८१

भैरहवा, २ असार ।
लियो क्लब अफ सिद्धार्थनगर युथको सातौं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाले सौरभ लाभको अध्यक्षतामा वर्ष २०२४/०२५ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । यसअघि लाभ सचिव पदको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

त्यस्तै क्लबको निवर्तमान अध्यक्षमा सेजल मल्लिक, प्रथम उपाध्यक्षमा रविराज गुभाजु, सचिवमा आदर्श कुमार पण्डित, सह–सचिवमा अभिषेक ठाकुर, कोषाध्यक्षमा टामेश्वर मल्लाह र सह-कोषाध्यक्षमा अभिनव अग्रवाल रहेका छन् ।

त्यस्तै क्लब मेम्बरसीप चेयरपर्सनमा आस्था बज्राचार्य, निर्देशक (डाईरेक्टर) मा सदीक्षा बुढाथोकी, अजय कुमार साह, अमन साह, टेल ट्वीष्टरमा महिमा झा, टेमरमा सुरज कर्ण र जनसम्पर्क अधिकारी (मार्केटिङ चेयरपर्सन) मा अभिनास मल्लिक निर्वाचित भएको निर्वाचन अधिकृत प्रशान्तमणि रामदामले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन (एलसीआईएफ) कोर्डिनेटर अर्चित श्रेष्ठले धेरै आरोह-अवरोहकाबीच लियो क्लब अफ सिद्धार्थनगर युथ यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘कुनै पनि संस्थाको अध्यक्षले एक्लै काम गर्न सक्दैन । सम्पूर्ण टीमको सहयोगको जरुरी हुन्छ ।’

त्यस्तै लायन्स क्लब अफ सिद्धार्थनगर युथको पूर्वअध्यक्ष धिरज मल्लिकले लायन्स सिद्धार्थनगर युथको पहलमा लियो सिद्धार्थनगर युथको स्थापना भएको बताए ।

लियो क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२३/०२४ की अध्यक्ष सेजल मल्लिकले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी पूर्वअध्यक्ष रितु वि.क., लियो सिद्धार्थनगर युथका निवर्तमान अध्यक्ष शिव कुमार मौर्यलगायत भनाइ राखेका थिए ।

448404975_1085061539828427_7114352010806060043_n.jpg
448372063_1085061516495096_4342335877558006511_n.jpg