२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

पहिलो चरणमा ४ लाख ३० हजारले लगाए कोभिड विरुद्धको खोप, ८५ प्रतिशत उपलब्धी 

बिहिवार , फाल्गुण १३, २०७७

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, १३ फागुन ।

    प्राथमिकतामा परेका ५ लाख जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष सहित शुरु गरिएको पहिलो चरणको अभियान अन्तर्गत करीब ४ लाख ३० हजार जनाले खोप लगाएका छन्। Screenshot (119).png

    पहिलो चरणमा कोभिड नियन्त्रणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगाएत शव ब्यबस्थापनमा खटिने ब्यक्तिहरु मध्ये झण्डै ८५ प्रतिशतले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    मन्त्रालय भन्छ—बिभिन्न शंका, आशंका, भय, त्रास र निराधार हल्लाका बिच हामीले शुरु गरेको खोप अभियानले सफलता पाएको छ। यसबाट ८५ प्रतिशत उपलब्धी हासिल भएको छ। मन्त्रालयका अनुसार पहिलो अभियानमा पाँच लाख सात हजार ६ सय ६ जनालाई खोप लगाउने योजना थियो।

    भारत सरकारबाट १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप अनुदानमा प्राप्त भएको थियो। मन्त्रालयले पहिलो प्राथमिकता परेका व्यक्तिका लागि पहिलोपटक माघ १४ देखि २४ गतेसम्म र दोस्रोपटक फागुन २ देखि १० गतेसम्म दोस्रोपटक खोप अभियान सञ्चालन गरेको थियो। 

    मन्त्रालयले यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान अन्तर्गत ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्दैछ। खोप अभियान सञ्चालनका लागि भारतबाट थप १० लाख मात्रा खोप नेपाल आइसकेको छ। क्रमशः सबै नेपालीलाई खोप लगाईने र सबैले पाउने कुरामा ढुक्क हुन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले आग्रह गरेका छन्।