
आइतवार , आषाढ ३, २०८१
तिलोत्तमा, २ असार । कोटिहवा बजार व्यवस्थापन तथा यस क्षेत्रका व्यवसायीहरुलाई एकताबद्ध बनाउनका लागि कोटिहवा बजार व्यवस्थापन समिति गठन गरिएको छ । कोटिहवा बजार क्षेत्रमा व्यवसायीहरुको बृहत भेलाले बजार व्यवस्थापन समिति गठन गरिएको हो ।
भेलाले भुवानन्द पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा होमप्रसाद बस्याल र राजेश्वरी चौधरी, सचिवमा नेत्रप्रसाद पराजुली र प्रदिप कंडेल, सह–सचिवमा सफात अली र कोषाध्यक्षमा विष्णु सापकोटा चयन भएका छन् ।
त्यसै गरी सदस्यहरुमा युवराज पराजुली, टेकराज पराजुली, शर्मिला गैरे, युद्धबहादुर फगामी, दुर्गाप्रसाद बस्याल, दिपा पौडेल, मदन भुषाल, डिल्लीराम अर्याल, नुनबहादुर आले र सन्दिप बराल रहेका छन् ।
भेलाले लेखा समिति र सदस्य विस्तार समिति पनि चयन गरेको छ । लेखा समिति सदस्यमा कृष्ण प्रसाद भण्डारी, विशाल तिमिल्सिना र कमला खरेल निर्वाचित भएका छन् भने सदस्य बृद्धि सदस्यमा लक्ष्मीदेवी न्यौपाने र कमला विश्वकर्मा निर्वाचित भएका छन् ।
निर्वाचनअघि स्थानीय व्यवसायीहरुको प्रतिनिधित्व गर्दै शेरबहादुर थापाले बजारलाई चलायमान बनाउन, यस क्षेत्रका उपभोक्तालाई कोटिहवामै रोक्न सक्ने गरी काम गर्नका लागि बजार व्यवस्थापन समितिले काम गर्ने बताएका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङले स्थानीय व्यवसायीहरुको हकहित र उपभोक्ताको मर्म र भावनाअनुरुप हुने कामलाई वडा कार्यालयले आवश्यक सहयोग गर्ने बताएका थिए । उनले घुमन्ते व्यापारीका कारण स्थानीय व्यवसायी समस्यामा परेको उल्लेख गर्दै त्यस्ता खालका व्यापारीलाई कारवाही गर्नुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij