
आइतवार , आषाढ ३, २०८१
बुटवल, २ असार ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबीच आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियाँलाई प्रदेश प्रमुख शेरचनले खादा लगाइदिएर स्वागत गरे ।
सो अवसरमा सुदुरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेका थिए । भेटघाटका क्रममा दुवै प्रदेश प्रमुखबीच प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बारेमा अनुभव आदानप्रदान भएको थियो ।
सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सञ्चालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औल्याए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij