
सोमवार , आषाढ ४, २०८१
भैरहवा, ३ असार ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले धर्म–संस्कृति तथा चाडपर्वको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताएका छन् । इस्लाम धर्माबलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा सोमबार शुभकामना दिदै उनले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने चाडपर्वहरुको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।
उनले चाडपर्व तथा संस्कृतिको संरक्षणले एकआपसमा एकता तथा सदभाव कायम गर्ने विश्वास व्यक्त गरे । उनले सम्पूर्ण नेपाली मिलेर बसेको समाज उदाहरणीय रहेको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश ससंदीय दलका नेता समेत रहेका पाण्डेयले भने, ‘बकर इद समर्पण र त्यागको पर्व हो । यो पर्वले एकआपसमा सद्भाव कायम राख्दै एकढिक्का भएर बाँच्न प्रेरित गर्छ । अहिलेको २१ औं शताब्दीमा जातीयताको नभइ मानवताको विकास गर्नुपर्छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij