२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

भैरहवामा सुटिङ प्रतियोगिता, बिनेश र निशालाई उपाधि

सोमवार , आषाढ ४, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, ३ असार ।
    रुपन्देही सुटिङ संघ रूपन्देहीद्वारा आयोजित तेस्रो जिल्लास्तरीय १० मिटर एयर राइफल सुटिङ प्रतियोगिताको उपाधि पुरुषतर्फ बिनेश धवल र महिलातर्फ निशा चाईले जितेका छन् । 
    भैरहवामा भएको फाइनलमा बिनेशले ८५ अंक ल्याइ पहिलो हुँदा शिव सापकोटाले ७३ अंक ल्याइ दोस्रो तथा सम्यक जंग राणाले ५२ अंकलाई तेस्रो भएको रुपन्देही सुटिङ संघका अध्यक्ष विजय जंग राणाले बताए । त्यस्तै महिलातर्फ निशा चाईले १०३ अंक ल्याई प्रथम, सरिता मल्लाहले १०२ अंक ल्याएर दोस्रो तथा सन्जनी निषादले ९४ अंकका साथ तेस्रो स्थानमा आइन् । 

    प्रतियोगितामा विजेताहरूलाई मुख्य अतिथि रूपन्देही जिल्ला खेलकुद विकास समितिका निवर्तमान उपाध्यक्ष ध्रुव लाम्गादे, राष्ट्रिय खेलकुद परिषद्का पूर्व निर्देशक संगम सिंह थापा, रुपन्देही सुटिङ संघ लुम्बिनी प्रदेशकी अध्यक्ष ज्योत्सना राणा, रुपन्देही सुटिङ संघका अध्यक्ष विजय जंग राणा लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    प्रतियोगितामा पुरुषतर्फ ६ तथा महिलातर्फ ५ जना खेलाडीले भाग लिएका थिए । दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनले लुम्बिनी प्रदेशस्तरीय १० मिटर एयर राइफल सुटिङ प्रतियोगितामा सहभागीता जनाउने सुटिङ संघ लुम्बिनी प्रदेशकी अध्यक्ष ज्योत्सना राणाले बताइन् । प्रतियोगिता भैरहवास्थित स्नेह सुटिङ रेञ्जमा सम्पन्न भएको थियो ।  

    IMG-20240615-WA0125.jpg