२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसईई दिएका विद्यार्थीलाई काशी फेयर–२०८१

मंगलवार , आषाढ ५, २०८१

भैरहवा, ४ असार ।
विश्व योग दिवसको अवसरमा काशी नोबल एकेडेमीमा योग प्रशिक्षण भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी योगा एण्ड मेडिटेसन, आर्ट एण्ड क्राफ्ट, फोटोग्राफी कन्टेष्ट, चेस कम्पीटेसन र मिनी म्याराथुन फुटसल गरिएको छ । 

काशी नोबल एकेडेमीको आयोजनामा भएको कार्यक्रममा भएको कार्यक्रममा योग प्रशिक्षक ललिता बछार चौधरीले योगा प्रशिक्षण दिएकी थिइन् । त्यसै गरी सन्दिप पौडेल र दीपक पौडेलद्धारा फोटोग्राफी र रवि घिमिरेले आर्ट एण्ड ग्राफसम्बन्धि प्रशिक्षण दिएका थिए ।

मिनी म्यारथुन फुटसल र चेस प्रतियोगिता यही असार ५ गते बुधबार (भोली) हुँदैछ । चेस प्रतियोगितामा देशैभरीका खेलाडी सहभागी हुनेछन । 

एकेडेमीका उपाध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले उद्घाटन गर्दै भविष्यका कर्णधार विद्यार्थीहरु हरेक कुरामा दख्खल राख्नुपर्ने र स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताए । एकेडेमीका शिक्षक हरि प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा प्रिन्सिपल राजेन्द्र घिमिरे, सहायक प्रिन्सिपल श्री रायमाझी लगायतको उपस्थिति रहेको थियो । सिद्धार्थनगर भित्रका विभिन्न विद्यालयबाट एसईई दिएर बसेका २ सय जना विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका छन् ।