२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संसद भवनको सुरक्षामा खटिएको सुरक्षाकर्मीले गरे आत्महत्या

बुधवार , आषाढ ६, २०८१

काठमाडौं, ५ असार । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयको सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।


उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । बुधवार बिहान संसद भवनको शौचालयमा गोली लागेको अवस्थामा उनलाई मृत भेटिएको हो । २२ वर्षीय  प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेको बताइएको छ । नेपाल प्रहरीको हेडक्वाटरबाट  खटाइएको स्पेशल टाक्स फोर्समा  कार्यरत उनी २०७८ मा  भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको बताइएको छ ।