२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा सञ्चालनमा आयो शारदा अल्ट्रासाउण्ड एण्ड डाइनोष्टिक सेन्टर

बिहिवार , आषाढ ७, २०८१

भैरहवा, ६ असार ।
भैरहवामा शारदा अल्ट्रासाउण्ड एण्ड डाइनोष्टिक सेन्टर सञ्चालनमा आएको छ । भैरहवाको बैंकरोडमा (भीम अस्पताल) नजिकै सञ्चालनमा अएको सेन्टरमा सामसुङ एच एस ७० ए, हाई एण्ड मेसिन रहेको सञ्चालकले जनाएका छन् । यो स्वास्थ्य संस्था सञ्चालनमा आएसँगै काठमाडौं बाहिर पहिलो अत्याधुनिक प्रविधि भएको उपकरण भैरहवामा आएको डा. त्रिलोचन पन्थीले बताए । त्यस्तै गर्भावस्थामा शिशुको अनुहार हेर्न मिल्ने प्रविधि यहाँ उपलब्ध रहेको उनले जानकारी दिए ।

डा. पन्थीका अनुसार उक्त प्रविधिले फ्याटी लिभर (इलास्ट्रो ग्राफी) फाईब्रोस्क्यान, बाएप्सीको जाँच समेत गर्नेछ । रंगीन भिडियो एक्सरे, २ डि देखि ४ डिसम्म टिभीयस, ट्रस, कलेजो समेत जाँच गर्न सकिने सेन्टरले जनाएको छ । त्यस्तै मासुको टुक्राको जाँच, पेट, जोर्नी, स्तन, पत्थरीको समेत जाँच गरीने डा.त्रिलोचन पन्थीले बताए । 

f015da27-4ddf-4af5-9441-deae7e47dcad.jpeg

विज्ञद्वारा जाँच गरिने भएकाले कुनै पनि उमेर समूहका बिरामीले सहज रूपमा उपचारको लागि यहाँ आउन सक्ने डा. पन्थीले बताए । भीम अस्पताल नजिकै रहेको सिटिजन्स बंैक भएको भवनमा सञ्चालनमा आएको सारदा अल्ट्रासाउन्ड एण्ड डाईग्नोग्सिट सेन्टरले बिहान ६ देखि राती ९ बजेसम्म निरन्तर सेवा दिने सञ्चालकले जनाएका छन् । स्वास्थ्य सेवामा लामो अनुभव बटुलेका डा.पन्थीले भारतको एम्स कलेजबाट  रेडियो डायग्नोसीस एण्ड इन्ट्रोभेन्सन विषयमा एम.डी. समेत गरेका छन् ।