२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–५ वडा कार्यालयद्वारा बालगृहमा खाद्यान्न वितरण

शुक्रवार , आषाढ ८, २०८१

भैरहवा, ७ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालयले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा खाद्यान्न सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्वलाई बहन गर्दै बालबालिकाहरुको सहयोगार्थ बिहीबार खाद्यान्न सामग्री वितरण गरिएको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । वडा र केही वडाबासीको सहयोगमा बालगृहलाई आलु, चामल, दाल, चाउमिन, भुजा, चिउरा, पिठो, तेल, चाउचाउलगायत सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले वडा नम्बर ५ को कार्यालयले रचनात्मक कार्य गर्दै आएको बताए । 

वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्यहरु किरनदेवी सुनार, प्रेमनारायण तेली, विनित कुमार बेरिवाल, पूर्व वडाअध्यक्ष भरत सिंह विजुक्छे, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यकारी उपसचिव खगेन्द्र शर्मा, रुपक गुभाजु, मनिष अग्रवाल लगायतको उपस्थिति रहेको थियो । 

बाल मन्दिरलाई सामग्री वितरण

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले सि.न.पा.–५ स्थित श्री बाल मन्दिर आधारभूत विद्यालयमा ५ थान राउण्ड टेबल, १ थान चिप्लेटी सेट (फाईवर) वितरण गरेको छ । बिहीबार सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको रोहबरमा उक्त सामग्री वितरण गरिएको थियो ।

448877522_939416921290967_3449308153336657153_n.jpg

तेक्वान्दो खेलाडीलाई खेलकुद सामग्री वितरण

वडा नम्बर ५ को कार्यालयले तेक्वान्दो खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । खेलाडीलाई प्रोत्साहन गर्न र आत्मबल बढाउन सामग्री वितरण गरिएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । वडाअध्यक्ष श्रेष्ठले बिहीबार भैरहवा तेक्वान्दो क्लबका पदाधिकारीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।

448501254_1831559410645801_7132376940872407491_n.jpg

भैरहवा नमुना माविमा विभिन्न सामग्री वितरण

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले भैरहवा नमुना माध्यमिक विद्यालयमा बालबालिकाहरुका लागि ५ थान राउण्ड टेबल, १ थान चिप्लेटी (फाइबर) वितरण गरिएको छ । वडा कार्यालयको विनियोजित बजेटबाट उक्त सामग्रीहरु वितरण गरिएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता, प्राचार्य चुन्न प्रसाद पाण्डे, वडा सदस्यहरु सरस्वती श्रेष्ठ, विनित कुमार बेरिवाल, प्रेमनारायण तेलीलगायतको उपस्थिति रहेको थियो ।

448702978_1832049873930088_5592817552052267529_n.jpg