२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिला पत्रकारका लागि क्षमता विकास तालिम

शुक्रवार , आषाढ ८, २०८१

भैरहवा । महिला पत्रकारहरुको क्षमतावृद्धि गर्ने उद्धेश्यले तीन दिने लेखन वृति तालिम शुरु भएको छ । 
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) रुपन्देहीको आयोजनामा तीन दिने लेखन वृति तालिम शुरु भएको हो । 
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिममा रुपन्देहीमा क्रियाशिल ४५ जना पत्रकार महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागि पत्रकारहरुलाई प्रबिधि र पत्रकारिता, समाचारका श्रोत, लेखन शैलि लगाएतका बिषयमा प्रशिक्षण दिईएको थियो । 

तालिममा बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपी खनालले प्रबिधि र पत्रकारिताको बिषयमा प्रशिक्षण दिएका थिए । उनले प्रविधिको तिब्र विकाससंगै पत्रकारीताका माध्यमहरुको पनि बिकास भएको भन्दै समयानुसार समाचार प्रकाशन तथा प्रशारण गर्नु पर्नेमा जाेड दिए । उनले नगरका समाचारका विषयवस्तुको बारेमा समेत जानकारी गराएका थिए । 

त्यस्तै पत्रकार दिनेश पाण्डेले बिकास पत्रकारीतालाई जोड दिएका थिए । उनले पत्रकारकारितालाई नीति निर्माण तहसम्म कसरी पुर्याउने गरी काम गर्नु पर्नो जोड दिएका थिए । 

महिला पत्रकारहरुलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिमको आयोजना गरिएको हो । 

तालिमकोे उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई मोफसलको पत्रकारिताको केन्द्र बनाउने गरी काम गर्न लागेको बताए । उनले बुटवलमा संचार ग्राम बनाउने काममा नगरपालिका अग्रसर रहेको उल्लेख गर्दै त्यसका लागि सबैले  सहयोग गर्नु पर्ने उल्लेख गरे । पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्न नगर तयार रहेको बताए । 

उपप्रमुख साबित्रादेवी अर्यालले पत्रकारिता क्षेत्रमा महिलाको क्षमता विकास गर्न नगरले आबश्यक काम गर्दै जाने बताईन । उनले सुशासन, विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पत्रकारिता क्षेत्रले सजग र सचेत भएर कलम चलाउनु पर्ने बताईन । 

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष कल्पना तिवारीको अध्यक्षता तथा सचिव बिन्दु भट्टराइको संचालनमा भएको हो ।