२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दोस्रो स्थापना दिवसमा रास्वपा सिद्धार्थनगरद्वारा दीप प्रज्जवलन

शनिवार , आषाढ ९, २०८१

भैरहवा, ८ असार ।
पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति, रुपन्देहीले दीप प्रज्जवलन कार्यक्रम गरेको छ । शुक्रबार साँझ भैरहवास्थित बुद्धचोकमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा रास्वपा सिद्धार्थनगरका निर्वतमान सभापति सुमन न्यौपानेले बताए ।

कार्यक्रममा बोल्दै पार्टीका लुम्बिनी प्रदेश सदस्य प्रकाश ज्ञवालीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जनअपेक्षाअनुसार काम गर्न नपाउने र  नसक्ने अवस्था रहे सरकारबाट बाहिरिने अवस्था आउन सक्ने बताए । उनले भने, ‘रास्वपा जनताको काम गर्न सरकारमा गएको हो । त्यसैले हाम्रा पार्टीको तर्फबाट नेतृत्व गरिएका मन्त्रालयहरुबाट अहिलेसम्म जनताको पक्षमा काम भइरहेका छन् ।’

रास्वपा सिद्धार्थनगर सभापति पर्शुराम पराजुलीले नगरभित्र रहेको समस्याहरु समाधानका लागि रास्वपाले आवाज उठाउँदै आएको बताए । उनले भने, ‘सिद्धार्थनगरमा धेरै काम गर्न बाँकी छ ।’ उनले आगामी दिनमा अझ उत्साहका साथ कार्यक्रम गर्ने बताए ।

WhatsApp Image 2024-06-22 at 8.55.05 AM (1).jpeg