२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु पनि चुनाबी भिडन्तमा, दुई प्यानल मैदानमा 

बिहिवार , फाल्गुण १३, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • बुटवल, १३ फागुन। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अधिबेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। आगामी नेतृत्वका लागि दुईपक्षको प्यानल घोषणा भएको छ। आगामी फागनु १६ र १७ गते हुने २० औं वार्षिक साधारण सभा तथा १० औ अधिवेशनका लागि राजनैतिक रुपमा नै गठबन्धन तयार पारी दुवैपक्षले प्यानल घोषणा गरेका छन्। 

    नेकपा ओली पक्षका व्यवसायीहरुको समूहले केहीदिन अघि नै प्यानल घोषणा गरेको थियो भने बिहीबार नेकपाको दाहाल–नेपाल समूहले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा लगायतका दलनिकट व्यवसायीहरुसँग मिलेर चुनावी प्यानल तयार पारेको छ। 

    नेकपा ओली समुहले रामप्रसाद गौतमको नेतृत्वमा आफ्नो प्यानलको उम्मेद्बारी घोषणा गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा मोहन पाण्डे, महासचिवमा माधव खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंक पराजुली तथा सहकोषाध्यक्षमा देबु ढकाल रहेका छन्। 

    नेकपा दाहाल–नेपाल समुह र नेपाली कांग्रेस, जनमोर्चा, जनता समाजवादी पार्टी लगायतका दल निकट व्यवसायीको समूहले आज बिहिबार पत्रकार सम्मेलन गरी संघका वर्तमान वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठको नेतृत्वमा चुनावी प्यानल घोषणा गरेको छ। 

    नेकपा दाहाल–नेपाल समुहका रुपन्देही अध्यक्ष राजु गुरुङ, सचिव निर्मल जिसी, नेपाली कांग्रेस नेता काजीमान श्रेष्ठ, बुटवल नगर सभापति खेलराज पाण्डे, जनता समाजवादी पार्टीका नेता यज्ञ पोखरेल तथा हरि घिमिरे, चिरञ्जिवि पौडेल, तानबहादुर केसी लगायतका अन्य नेताहरुको उपस्थितिमा प्यानलको उम्मेदवारी घोषणा भएको हो। 

    सो प्यानलको वरिष्ठ उपाध्यक्षमा लालबहादुर केसी, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्षमा चिरन्जीवी पोख्रेल (बाबुराम) तथा महासचिवमा प्रेम बञ्जाडे रहने गरी उम्मेदबारी घोषणा गरिएको छ। यसैगरी सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा चुत्रबहादुर पौडेल (टेकु) र सहकोषाध्यक्ष खेमराज पोख्रेल रहेका छन्।

    अन्य ११ जना सदस्यसहित उम्मेदबारी घोषणा भएको नेपाली काँगे्रसका नेता काजीमान श्रेष्ठले बताए। उक्त प्यानललाई संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष मोदनाथ बेलबासे लगाएतको समेत समर्थन रहेको नेता श्रेष्ठले बताए। 

    उता अर्को ओली पक्षिय प्यानललाई संघका वर्तमान अध्यक्ष समुन्द्र जि.सी.लगाएतको समर्थन रहेको छ।