२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारको ध्यान मुलुकको आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रीत : उपप्रधानमन्त्री श्रेष्ठ

शनिवार , आषाढ ९, २०८१

काठमाडौं, ८ असार ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको ध्यान मुलुकको आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रीत रहेको बताएका छन् । पद्मरत्न लुमन्ति गुथीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले संविधान र प्राप्त उपलव्धीहरुको रक्षा गर्दै मुलुकको आर्थिक सामाजिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रीत रहेको बताएका हुन् ।

उनले मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि धेरै काम गर्ने प्रयास भए पनि सन्तोषजनक भने अझै हुन नसकेको जिकिर गरे । उनले प्राप्त उपलब्धीहरुलाई माध्यमका रुपमा लिएर मात्रै सामाजिक रुपान्तरण सम्भव रहेको धारणा राखे । नेपालबाट पढ्न वा श्रमका लागि बाहिर जाने अवस्थालाई अन्त्य गर्दै स्वदेशमा नै पढ्ने र श्रम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

उनले मुलुकको परिवर्तका लागि अग्रजहरुको योगदानलाई बिर्सिन खोजे आन्दोलनको औचित्य समेत पुष्टि हुन नसक्ने बताए । कार्यक्रममा मुलुकको परिवर्तमा अग्रणी भूमिका खेल्ने अग्रजहरुलाई सम्मान गरिएको थियो ।