
शनिवार , आषाढ ९, २०८१
काठमाडौं, ८ असार ।
आईसीसी टी–२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिनअघि नै स्वदेश फर्किए पनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन् ।
अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन् । उनी क्यानडा हुँदै नेपाल आएका हुन् । नेपाल आएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए । विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टीममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए । उनले साउथ अफ्रिकालाई दिएको चूनौति निकै राम्रो भए पनि अन्तिम बलमा जित्न नसक्दा दुःख लागेको सुनाए । उनले विभिन्न कारणले आफू केही समय क्रिकेटबाट बाहिर रहेपछि अब निरन्तर रुपमा लागिपर्ने जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij