२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

वातावरण बचाउ आन्दोलन रुपन्देहीको अध्यक्षमा भरत पोखरेल

शनिवार , आषाढ ९, २०८१

भैरहवा, ८ असार ।
वातावरण बचाउ आन्दोलन सिद्धार्थनगर, रुपन्देहीको आठौं विशेष साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले भरत कुमार पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ । जसको उपाध्यक्षमा पर्शुराम पराजुली, सचिवमा गुनाराम घिमिरे, कोषाध्यक्षमा कुल प्रसाद न्यौपाने, सह–सचिवमा लक्ष्मण ज्ञवाली र सदस्य श्रीबहादुर रायमाझी चयन हुनुभएको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता राममणि भुर्तेलले जानकारी दिए ।

संस्थाका संयोजक नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै संविधान सभा सदस्य आदित्य नारायण कसौधनले वातावरणको क्षेत्रमा जलवायु परिवर्तन र पारेको असरका बारेमा बोलेका थिए । उनले नयाँ कार्यसमितिलाई शुभकामना दिंदै सफल कार्यकालको कामना व्यक्त गरे ।

कार्यक्रममा संयोजकको प्रतिवेदन नारायण प्रसाद सापकोटा र आर्थिक प्रतिवेदन आर्थिक समिति संयोजक कुल प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए । सो अवसरमा पूर्वअध्यक्ष कुलानन्द ज्ञवाली, डा.राम प्रसाद बस्याल, राजेन्द्र प्रसाद पन्थी, समितिका सदस्य प्रा.डा.कपिल लामिछाने, हरि प्रसाद अधिकारी, डिल्लीराज भट्राई, लक्ष्मीनाथ ज्ञवालीलगायतले भनाइ राखेका थिए ।

समितिका सदस्य भरत कुमार पोखरेलको स्वागत तथा सदस्य सचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

448976340_818544903541278_8745057210865072153_n.jpg

वातावरण बचाउ आन्दोलनले भैरहवामा रुपन्देही एफएम सञ्चालन गर्दै आएको छ ।