
बिहिवार , फाल्गुण १३, २०७७
बुटवल, १३ फागुन ।
रुपन्देहीका सामुदायिक वन अगुवाहरुले वैज्ञानिक वन व्यवस्थापन खारेजीको विपक्षमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । नेपाल सरकार, मन्त्रीपरिषदले २०७७ माघ ११ गते गरको वैज्ञानिक वन व्यवस्थापन खारेजीको विपक्षमा उनीहरुले मुद्दा दायर गरेको बताएका छन् ।
नेपाल सरकार, वन तथा बातावरण मन्त्रालयले २०७७ माघ १४ गते गरेको परिपत्रका आधारमा गाउँ बन समन्वय संजाल रुपन्देहीका उपाध्यक्ष तेजबहादुर कुँवरले फाल्गुण १२ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षी बनाई फिरादपत्र दायर गरेको अधिवक्ता कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।
माघ १४ गते पत्र संख्या ७७/७८ चलानी नम्बर ३८७ को पत्रमा मन्त्रालयका सह–सचिव प्रकाश लम्सालको हस्ताक्षर रहेको अधिवक्ता पोखरेलले जानकारी गराएका छन् । केही वर्षयता सरकारले वनको वैज्ञानिक व्यवस्थापन गर्ने निति अघि सारेको थियो । यो नीति खारेज गर्ने निर्णयले वनको विकास, संरक्षण र व्यवस्थापनमा अवरोध उत्पन्न हुने सरोकारवालाहरुले बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij