२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पीएलडीटीको १५ औं श्रृंखला पूरा

शनिवार , आषाढ ९, २०८१

भैरहवा, ८ असार ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) सिद्धार्थनगर नगरपालिका–९ स्थित उदयपुरमा सञ्चालन हुँदै आएको प्रोभेसनल लिडरसीप डेभलपमेन्ट ट्रेनिङ (पीएलडीटी) को १५ औं श्रृंखला पूरा भएको छ । शुक्रबार चन्द्रमा कुँवरको अध्यक्षता, दिलिप रोयको प्रमुख आतिथ्यता, उषा बेल्बासेको स्वागत तथा कल्पना भट्टराईको सञ्चालनमा तालिमको १५ औं श्रृंखला सम्पन्न भएको हो ।                                                        

संगठनमा आबद्ध उद्योगी-व्यवसायीको क्षमता अभिवृद्धिका लागि प्रत्येक हप्ताको शुक्रबार तालिम सञ्चालन हुँदै आएको संगठनका सचिव तथा तालिम संयोजक गौतम कुमार गुप्ताले बताए ।
तालिममा प्रशिक्षक विजय पाण्डेले प्रशिक्षण दिदै आएका छन् ।