२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

सुपर एटमा भारतको लगातार दोस्रो जित

आइतवार , आषाढ १०, २०८१

  • 856
    Shares
  • 856
    Shares
  • काठमाडौं। भारतले आइसिसी विश्वकपअन्तर्गत सुपर एटमा लगातार दोस्रो जित हात पारेकाे छ।

    शनिबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।

    भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सकेकाे थियाे । 

    बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए। उनले एक चौका र तीन छक्का प्रहार गरे। तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

    भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनाएको थियो। 

    भारतका हार्दिक पाण्ड्याले अविजित रहँदै सर्वाधिक ५० रन बनाए। २७ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे। विराट कोहली ३७, ऋषभ पन्त ३६, शिवम दुबे ३४ र कप्तान रोहित शर्मा २३ रनमा आउट हुँदा अक्षर पटेल तीन रनमा अविजित रहे।

    बंगलादेशका तनवीम हसन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिए। शाकिब अल हसनको नाममा एक विकेट रह्यो।