२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भूमिगत जल लगायतका माध्यम प्रयोग गरी रोपाई नगर्न रोहिणीको आग्रह

सोमवार , आषाढ ११, २०८१

भैरहवा, १० असार ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले असार १३ गते बिहीबारदेखि भूमिगत जल (डीप ट्युबेल, बोरिङ लगायतका माध्यम प्रयोग गरी रोपाई कार्य नगर्न/नगराउन आग्रह गरेको छ । 

विगत केही समयदेखि खडेरीका कारण रोहिणीमा खानेपानीको समस्या रहेकोले सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सम्पूर्ण गाउँपालिकाबासीमा यस्तो अनुरोध गरिएको अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

WhatsApp Image 2024-06-24 at 5.10.14 PM.jpeg

रोपाई गर्ने मुख्य समयमा वर्षा नहुँदा किसानलाई सास्ती भएको छ ।