२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

च्याम्पीयन टोलीलाई भैरहवामा तालिम

आइतवार , आषाढ १७, २०८१

  • 904
    Shares
  • 904
    Shares
  • भैरहवा, १६ असार ।
    सिद्धार्थनगरमा तातो हावाको लहर ‘लु’ च्याम्पीयन टोली गठन भएको छ । शनिबार प्रचिता रेग्मीको संयोजकत्वमा ३२ सदस्यीय समिति गठन भएको हो । समितिको सल्लाहकारमा सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत यादव प्रसाद प्रसाद सापकोटा र नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका अधिकृत कृष्ण मल्ल चयन भएक छन् । च्याम्पीयन टोलीलाई तातो हावाको लहर ‘लु’ बाट कसरी बच्न सकिन्छ भन्नेबारेमा तालिम दिइएको हो । 

    सिद्धार्थनगर नगरपालिकाको अगुवाइ, नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको समन्वय तथा अमेरिकी रेडक्रसको सहयोगमा भएको तालिममा रेडक्रस रुपन्देहीका अधिकृत कृष्ण मल्ल र रेडक्रस केन्द्रका कार्यक्रम संयोजक ललित खड्काले प्रशिक्षण दिएका थिए ।

    तालिममा सहभागीहरुलाई रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले प्रमाणपत्र वितरण गरेका थिए ।

    तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रेडक्रसका केन्द्रिय अध्यक्ष प्रा.सुर्दशन प्रसाद नेपाल, केन्द्रिय विपद् व्यवस्थापन समिति सभापति विनोद बस्नेत, रेडक्रस जिल्ला उपसभापति रुपमा हिराचन, मन्त्री रामचन्द्र उपाध्याय, सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटा लगायतले बोलेका थिए ।