
आइतवार , आषाढ १७, २०८१
भैरहवा, १६ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथको वर्ष २०२४/२०२५ का लागि अध्यक्षमा निकेशदेव हटुवाल चयन भएका छन् । शनिबार भैरहवामा भएको क्लबको आठौं वार्षिक साधारणसभा, अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२३/२०२४ का अध्यक्ष सन्दिप नाथ गोंगलले वर्ष २०२४/२०२५ का अध्यक्ष हटुवाललाई पद हस्तान्तरण गरेका हुन् । हटुवाल शिक्षा क्षेत्रमा क्रियाशील छन् । उनी भैरहवास्थित सन शाइन आवासीय माध्यमिक विद्यालयका प्राचार्य समेत हुन् ।
त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा युवराज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा प्रशान्त श्रीवास्तव, तृतीय उपाध्यक्षमा हरि आचार्य, सचिवमा तेज वीर रसाइली र कोषाध्यक्षमा सन्देश शाक्य चयन भएका छन् ।
त्यसै गरी मेम्बरसीप चेयरपर्सनमा बिशाल जैसवाल, एलसीआईएफ कोडिनेटरमा जुबेर खान, क्लब सर्भिस चेयरपर्सनमा दिपेश गुप्ता, क्लब सर्भिस चेयरपर्सनमा मनिस दास, क्लब सर्भिस चेयरपर्सनमा सचिन्द्र तुलाधर र क्लब सर्भिस चेयरपर्सनमा सुदिप पाण्डे रहेका छन् ।
क्लबको डाईरेक्टर (निर्देशक) मा विराट गुरुङ, राजेश शर्मा पोख्रेल, मसहुर आलम, श्याम सुन्दर डियो, सह–सचिवमा भिष्मराज कोइराला, सह–कोषाध्यक्षमा सुशील सिंगल, टेल ट्वीष्टरमा विरेन्द्र ज्ञवाली, टेमरमा शुभम कर्ण र जनसम्पर्क अधिकारीमा सबनम खान चयन भएको क्लबका संस्थापक अध्यक्ष तथा निर्वाचन आयुक्त अर्चित कुमार श्रेष्ठले बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२३/२४ का अध्यक्ष सन्दिप नाथ गोंगलको अध्यक्षता, क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का पाष्ट डिष्ट्रिक गभर्नर एमजेएफ अरुण प्रताप राणाको प्रमुख आतिथ्यता, क्लबका संस्थापक अध्यक्ष अर्चित कुमार श्रेष्ठ, पूर्वअध्यक्षहरु धिरज कुमार मल्लिक, प्रशान्तमणि रामदाम, असिम सैजुको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरि आचार्यले गरेका थिए भने कार्यक्रमको संयोजन तरुण क्षत्रीले गरेका थिए ।
सो अवसरमा वर्ष २०२३/२०२४ का अध्यक्ष गोंगलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij