२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महाधिवेशन सुरु हुनु अघि नेकपा एसले निकाल्यो र्‍याली

आइतवार , आषाढ १७, २०८१

काठमाडौ,१६असार । नेकपा एकीकृत समाजवादीले काठमाडौंमा र्याली निकालेको छ । 

पार्टीको महाधिवेशन सुरु हुनु अघि समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थीत प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालेको हो । र्यालीमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगाएत पार्टीका नेता कार्यकर्ता लगाएत सहभागी भएका थिए ।

नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । असार २० गतेसम्म चल्ने महाधिवशेन मार्फत पार्टीका बिभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने समाजवादीले जनाएको छ । समाजवादीले महाधिवेशनमा निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय  गरेको छ ।