२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीमा मनाइयो २१ औं राष्ट्रिय धान दिवस

आइतवार , आषाढ १७, २०८१

भैरहवा, १६ असार ।
रोहिणी गाउँपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र, रुपन्देही र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, रुपन्देहीको सहयोगमा शनिबार रोहिणी–३ स्थित लक्ष्मीनगरमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरिएको छ ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ लक्ष्मीनगरमा धान रोप्ने मेशिनद्वारा रोपाई गरी महोत्सव कार्यक्रम गरिएको हो । कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले मेशिनबाट धान रोपेका थिए ।

उत्पादन तथा उत्पादकत्व बढ्ने तथा लागत कम पर्ने भएकाले धान रोप्ने मेशिनको प्रयोग बढाउनुपर्ने कार्यक्रममा कृषि अधिकारीहरुले बताएका छन् । विज्ञहरुका अनुसार मेशीनबाट बीउ राख्दा र रोप्दा यसले उत्पादन लागत २५ प्रतिशत घटाउँछ । उत्पादन २० देखि ३० प्रतिशतले बढाउँछ । कृषि मजदूर नपाइने र उत्पादन लागत बढी लाग्ने चिन्ताले पिरोलिएका किसानलाई यो प्रविधिले भने निकै उत्साहित बनाएको छ ।  

नेपालमा एक दशक अघिदेखि धान रोप्ने मेशिन प्रयोगमा आएको हो । तर, मेशिनको उपलब्धता नबढ्दा किसानहरु भने परम्परागत तरिकाबाटै खेती गर्न बाध्य छन् ।  
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र, रुपन्देहीका प्रमुख शिव प्रसाद अर्यालले मेशिनबाट हुने रोपाईले लागत घटाउनुका साथै कम समयमा धेरै रोप्न सक्ने बताए । उनले मेशिनको प्रयोग बढिरहेको बताए ।

WhatsApp Image 2024-06-29 at 9.15.33 PM.jpeg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, रुपन्देहीका प्रमुख कृषि अधिकृत नारायण काफ्लले धान महत्वपूर्ण बाली भएको बताए ।
स्थानीयबासी तथा आदित्य एकीकृत कृषि तथा बागबानीका सञ्चालक संजय कुमार गुप्ताले सम्पूर्ण किसानहरुलाई राज्यले मल, बिउ, सिचाईं र अनुदानको व्यवस्था नगरेसम्म लागतअनुसार उत्पादन हुन नसक्ने बताए ।

रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता, कृषि ज्ञान केन्द्र, रुपन्देहीका वरिष्ठ बागद्वानी विकास अधिकृत मानदेव चौधरीको स्वागत तथा रोहिणी गाउँपालिका कृषि शाखाका प्रमुख जितेन्द्र यादवको सञ्चालनमा सम्पन्न