२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एलएसडीटीको १२० औं श्रृंखलामा रेडियोमा अन्तर्वार्ता दिने विषयमा तालिम

आइतवार , आषाढ १७, २०८१

भैरहवा, १६ असार ।
भैरहवाको एक कार्यक्रममा रेडियोमा अन्तर्वार्ता दिने क्षमता वृद्धि गर्नेबारे तालिम प्रदान गरिएको छ । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १२० औ श्रृंखलाका अवसरमा कार्यक्रमका प्रमुख अतिथि रुपन्देही एफ.एम.का स्टेशन म्यानेजर तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीका महासचिव शंकर प्रसाद पाण्डेले तालिम प्रदान गरेका थिए ।

सहभागीहरुसँग नमूना अन्तर्वार्ताको अभ्यास गर्दै पाण्डेले तालिम प्रदान गरेको सहभागीले बताएका छन् । नमूना अन्तर्वार्तामा सहभागीहरु हरिश सेठिया, सलुजा रामदाम, रीता थापा, सन्दिप कुमार अग्रहरी, सम्पदा गौतम, राम प्रसाद श्रेष्ठ, कृष्ण मरासिनी र पुजा अर्याल न्यौपानेले भाग लिएका थिए ।

एलएसडीटीका सदस्यहरुलाई लक्षित गरी तालिम प्रदान गरिएको १२० औं श्रृंखलाका अध्यक्ष सीता भण्डारीले बताइन् । यस्तो तालिमले व्यक्तिको नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने बताउँदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई उनले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

असार १५ को अवसरमा कार्यक्रममा असारे गीतको पनि प्रस्तुत गरिएको कार्यक्रम सञ्चालक पुजा आचार्यले जानकारी दिइन् । व्यवसायी पुजा आचार्यले कार्यक्रम सञ्चालन गर्दै आफ्नो अनुभव समेत सुनाएकी थिइन् । उनले भनिन, ‘सिक्न खोज्नेका निम्ति एलएसडीटी एक विद्यालय हो ।’

WhatsApp Image 2024-06-30 at 1.56.57 PM (1).jpeg

कार्यक्रममा उपस्थित सम्पूर्णलाई कार्यक्रम संयोजक सम्पदा गौतमले मन्तव्यबाट स्वागत गर्दै एलएसडीटी एक मन्दिर भएको बताइन् । आफ्नो फूलबारीमा फुलेको पुष्प गुच्छाबाट मात्र अतिथिको स्वागत गर्ने प्रचलनले लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङको दृष्टिकोण बुझ्न सकिने भन्दै अन्य विद्यार्थीहरुलाई समेत जोडिन आह्वान गरेकी छन्।

भैरहवाको एसियन बुद्ध होटलमा प्रत्येक शनिबार बिहान ८ देखि १०ः३० बजेसम्म तालिम निःशुल्क सञ्चालन हुँदै आएको व्यवस्थापन समिति सदस्य मनिष तामाङले बताए ।
तालिमको मुख्य प्रशिक्षक तथा प्रस्तोता विजय पाण्डे रहेको र तालिममा विभिन्न विषयका  जानकार  व्यक्तिहरुलाई आमन्त्रण गरेर उनीहरुको अनुभवबाट शिक्षा लिने गरिएको व्यवस्थापन समितिका संयोजक नितु थापाले बताइन् ।

WhatsApp Image 2024-06-30 at 1.56.58 PM.jpeg
WhatsApp Image 2024-06-30 at 2.02.05 PM.jpeg