
आइतवार , आषाढ १७, २०८१
काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले आम जनता र नेतृत्वको प्राथमिकता फरक–फरक हुँदा मुलुक सदैव अप्ठेरोमा पर्ने गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै लामिछानेले मुलुकका बिभिन्न परिवर्तनमा जनताले पटक पटक योगदान दिएपनि आम जनता र नेतृत्वको प्राथमिकतामा कहिल्यै एकरुपता आउन नसक्दा मुलुक सदैव अप्ठेरोमा पर्ने गरेको बताएका हुन् । उनले लोकतन्त्रका बिषयमा नेताहरुले चिन्ता गर्नुनपर्ने भन्दै लोकतन्त्र अप्ठेरोमा परे जनता र कार्यकर्ताले जोगाइदिने जिकिर गरे ।
दलहरुबीच शिक्षा, स्वास्थ्य लगाएत जनताका सवालमा कहिल्यै छलफल हुन नसकेको यथार्य रहेको भन्दै उनले दलहरुबीच हुने सहमतिले जनतालाई नछोए त्यसको कुनै अर्थ नरहने धारणा राखे ।
उनले सवैको भाषणमा जनताको चिन्ता देखिएपनि व्यवहारमा त्यसो हुन नसकेको बताए । लामिछानले दलहरु गम्भीर भए मुलुकको परिवर्तनलाई बलियो बनाउदै संस्थागत गर्न कुनै कठिनाइ नहुने पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij