
आइतवार , आषाढ १७, २०८१
काठमाडौं, १६ असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको समाजवादले जनता खुसी हुन नसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको भन्दा अग्रगमन दिनसक्ने समाजवादमा बहस गर्नुपर्ने समेत बताए । समाजवादी गणतन्त्र, समाजवादी संघीयतामा नेपालका सबै पुराना पार्टीका नेताहरुले छलफल गर्नुपर्ने उहाले बताए । उनले आफुहरुको ध्यान नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फकाएर नयाँ एकताको सुरुवात गर्नुपर्नेमा रहेको उल्लेख गरे ।
विप्लवले देशको स्वाधिनताको रक्षा गर्नका लागि युवाहरुले योगदान दिदै सवै दलहरुले पनि स्पष्ट दृष्टि तय गर्नुपर्ने धारणा राखे । उनले यथास्थितिले नेतृत्व गर्न नसके त्यसलाई जनताले फ्याँक्ने अवस्था आउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij