२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

कांग्रेस रुपन्देही–३ द्वारा सिद्धार्थनगरका मेयरसँग छलफल

सोमवार , आषाढ १८, २०८१

  • 958
    Shares
  • 958
    Shares
  • भैरहवा, १७ असार ।
    नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानसँग सिद्धार्थनगरका समग्र विषयहरुमा ‘भेटघाट तथा छलफल कार्यक्रम’ सम्पन्न भएको छ । 

    कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा पार्टीको महासमिति सदस्य तथा सिद्धार्थनगरका नगरप्रमुख इस्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेका नीति तथा कार्यक्रम, बजेट लगायत शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, सरसफाई तथा लक्षित वर्गको उत्थानमा गर्नुपर्ने भुमिकाको विषयमा छलफल भएको क्षेत्रीय सभापति सुशील गुरुङ्गले बताए ।

    कार्यक्रममा नगरप्रमुख खानले नगरपालिका सानो क्षेत्रफल, सीमित स्रोतसाधनका बाबजुद पनि नगरका आम जनताको पक्षमा कार्य गरिरहेको बताए । उनले भोलिका दिनमा पार्टीसँग घनिभूत छलफल तथा समन्वय गरी अघि बढ्ने बताए । 

    कांग्रेस प्रदेश ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का, तानसेन नगरपालिकाका सभापति सुवर्णमणि शाक्य लगायतले सिद्धार्थनगरले गरेका सकारात्मक तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा आफ्ना भनाइ राखेका थिए । 

    त्यस्तै महासमिति सदस्य तथा वडा नम्बर १३ का अध्यक्ष सोम बहादुर गुरुङ्ग, महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, प्रदेश ‘क’ का कोषाध्यक्ष दीपक बहादुर कुँवर, वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, वडा नम्बर ४ का सभापति नरेन्द्र रौनियार, ५ का सभापति केशव गुप्ता, ६ का सभापति राम बहादुर गुरुङ्ग, ९ का सभापति श्याम सुन्दर खनाल, १० का सभापति विजयनाथ धवल, ११ का सभापति केदारनाथ कुर्मी, १२ का सभापति हरिराज विष्ट, १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, वडा सदस्य सीता बुढाप्रिति, निलु श्रीस मगर, कुमार के.सी., ठाकुर अधिकारी, सुष्मा राजभण्डारी, विनिता श्रेष्ठ, जितमान गुरुङ्ग, राकेश गुरुङ्ग, माधव शर्मा, इन्दिरा के.सी., आकाश पौडेल, इन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठ, जानकी कुवँर लगायतले नगरपालिकाले नगरका सबै वर्गको मन छुने गरी कार्य गर्न सल्लाह–सुझाव तथा जिज्ञासा राखेका थिए । 

    1.jpeg

    कार्यक्रममा नेपाली कांग्रेसको भातृसंघ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा रुपा पुनलाई सम्मान गरिएको थियो । नेपाली कांग्रेस क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।