२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राजनीतिक दलबीच भएको छलफललाई सत्तासंगमात्रै जोडेर हेर्न हुँदैन : सांसद सापकोटा

सोमवार , आषाढ १८, २०८१

काठमाडौं, १७ असार । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको छलफललाई सत्तासंगमात्रै जोडेर हेर्न नहुने बताएका छन्  ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सत्तासमिकरण फेरवदलको रुपमा चर्चा गर्ने गरिएको भन्दै शीर्ष नेताहरुबीच छलफल हुदा सत्तामा मात्रै जोडेर हेर्न नहुने बताएका हुन् । उनले अहिले नै सत्तासमिकरण फेरवदलको चर्चामा सत्यता नरहेको पनि बताए । उनले दलहरुबीचको छलफलले राष्ट्रिय मुद्दाहरुमा साझा धारणा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै सापकोटाले शान्ति प्रक्रिया माओवादीको मात्रै बिषय नभएकाले सिंगो राष्ट्रका लागि पनि यसलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राखे । 

शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनका लागि दलहरुबीच सहमतिको वातावरण बन्नुपर्ने उनको भनाइ छ ।