२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वास्थ्य क्षेत्रको पुराना संरचनालाई व्यवस्थित गर्न ध्यान केन्द्रीत गरेको छु : स्वास्थ्यमन्त्री यादव

सोमवार , आषाढ १८, २०८१

काठमाडौं, १७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको पुराना संरचनालाई व्यवस्थीत गर्न ध्यान केन्द्रीत गरेको बताएका हुन् ।
सोमबार मन्त्रालयमा सञ्चारकर्मीसंग छलफल गर्दै उनले अहिलेको राजनीतिक स्थीरताका कारण नयाँ पूर्वाधार निर्माणमा भन्दा पनि भएरहेका पूर्वाधारहरुर्लाइ व्यवस्थीत गर्दै स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान केन्द्रीत गरेको बताएका हुन् ।

राजनीतिक तरंगले आफुलाई कुनै फरक नपार्ने भन्दै मन्त्री यादवले आफु पदमा रहेसम्म यस क्षेत्रको सुधारमा लाग्ने उहाले बताए । उनले सरकारी अस्पतालमा बेडको अभाव हटाउने, सहूलियत रुपमा औषधी विबरण हुनुपर्ने भएकाले आफु निरन्तर अनुगमनमा हिडेको र केहि सुधारका संकेत प्राप्त भएको उल्लेख गरे ।

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावलाई ध्यान दिदै ९२ हजार भन्दा बढि जनशक्ति थप गर्ने गरि अर्थमा प्रस्ताव पठाएको बताए ।

उनले स्वास्थ्य विमामा देखिएको समस्यालाई पनि समाधान गर्ने गरि अघि बढेको दावी गरे ।