२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सिद्धार्थनगरमा तातो हावाको लहर (लू) कार्ययोजना प्रमाणीकरण गोष्ठी

मंगलवार , आषाढ १९, २०८१

भैरहवा, १८ असार ।
रुपन्देहीको सिद्धार्थनगर (भैरहवा) मा तातो हावाको लहर (लू) कार्ययोजना प्रमाणीकरण गोष्ठी सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको अगुवाइ, नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको समन्वय तथा अमेरिकीन रेडक्रसको सहयोगमा भएको कार्यक्रमको रेडक्रसका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, यो ६ महिनाको अवधिमा हामीले धेरै समेट्ने प्रयास गर्यौं । सुझाव पनि मागेका छौं । अझै बढी परिमार्जित गरेर अगाडिको बाटो तय गर्छौं । उनले रेडक्रस सोसाईटी सरकारको सहयोग भएको बताए । उनले सबै कुरा नगरपालिका र रेडक्रसले गर्न नसक्ने बताए । तर, जनताको सुरक्षा गर्ने राज्यको दायित्व भएको उनको भनाइ थियो । रेडक्रसको जन्म नै विपद्बाट भएको उनले बताए । पहिला बाढी, पहिरोलाई मात्रै विपद्को रुपमा लिने गरिए पनि अहिले धेरै विपद् आइसकेको उनले बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले वृक्षारोपण आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘जुन घरमा विरुवा लगाउने स्थान छ्रैन, त्यो घरमा छतमा पनि विरुवा लगाउन सकिन्छ । यसले वातावरण संरक्षणमा मद्दत पुुग्छ । ’ उनले विपद्को कुनै समय नहुने बताए । नगरप्रमुख खाँले कोभिड–१९ महामारीमा धेरै व्यक्तित्वहरु गुमाउनुपरेको बताए ।्

नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा केन्द्रीय विपद् व्यवस्थापन समितिका सभापति विनोद बस्नेतले हीट वेभ जल्दोबल्दा समस्याको रुपमा आएको बताए । उनले भने, ‘यो कार्ययोजना कार्यान्वयनमा कुनै शंका छैन ।’ 

रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनीले भोलिका दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कार्यक्रमले सन्देश दिएको बताए ।

रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले सिद्धार्थनगर नगरपालिकाको काधमा जिम्मेवारी आएको बताए । उनले नगरका १७ वटै सामूदायिक विद्यालयमा वाटर प्यूरीफायर जडान गरिसकिएको जानकारी दिए ।

तातो हावाको लहर (लू) कार्यदलका संयोजक तथा सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले सिद्धार्थनगर हीट एक्शन प्लान यहाँका जनताले लाभ पाउने कार्यक्रम रहेको बताए । उनले आगामी दिनमा पनि रेडक्रससँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

IMG_5716.JPG

तातो हावाको लहर (लू) कार्यदलका सदस्य सचिव तथा सिद्धार्थनगर नगरपालिका वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा परामर्शदाता आस्मा सुवेदी, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उमा ओझा, रेडक्रस रुपन्देहीका मन्त्री रामचन्द्र उपाध्याय, शुभम शर्मालगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकालाई सिद्धार्थनगर हिट एक्शन प्लान–२०२४ हस्तान्तरण गरिएको रेडक्रस रुपन्देहीका अधिकृत कृष्ण मल्लले बताए ।