
मंगलवार , आषाढ १९, २०८१
भैरहवा । नेपाली काँग्रेस र नेकपा एमालेवीच सत्ता साझेदारी गर्ने सहमति बनेको छ। दुबै दल नयाँ सत्ता साझेदार बन्न तयार भएसंग आबश्यक कानुनी परामर्शमा जुटेका छन् ।
नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बन्ने तय भएको हो ।
नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरू मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिपछि काँग्रेस र एमालेका नेताहरू सोमबार राति राष्ट्रपति भवन पुगेका हुन् ।
राष्ट्रपति पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बिषयमा छलफल भएको बताइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमाले र काँग्रेसबिच राष्ट्रपति पौडेललाई राखेर नै नयाँ सरकार गठनबारे छलफल भएको छ ।
राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुवै दल सहमति अनुसार अगाडि बढ्ने भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij