२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स क्रियटीभ लेडीद्वारा मन्दिरमा सरसफाई तथा पानीको जार हस्तान्तरण

मंगलवार , आषाढ १९, २०८१

भैरहवा, १८ असार । लायन्स क्लब अफ लुम्बिनी क्रिएटीभले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित श्री शिव मन्दिरलाई पानीको जार हस्तान्तरण तथा मन्दिर परिसर सरसफाई तथा प्रसाद वितरण कार्यक्रम गरेको छ ।

भैरहवा क्षेत्रमा स्थापना भएर विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले उक्त कार्यक्रम गरेको हो । क्लबकी वर्ष २०२४/०२५ की अध्यक्ष आयुषा पाण्डेको आफ्नो कार्यकालको पहिला कार्यक्रम मन्दिरबाट सुरुवात गरेको बताइन् । 

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिलाई २ वटा जार हस्तान्तरण र ३५० बढी भक्तजनहरुलाई प्रसाद वितरण गरिएको क्लबकी कोषाध्यक्ष मीना ज्ञवालीले जानकारी दिइन्।

सो अवसरमा बोल्दै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नर बहादुर कुँवरले क्लबको टीमलाई सफल कार्यकालको शुभकामना दिए । उनले आगामी दिनमा पनि निस्वार्थ भावनाले यस्तै कार्यक्रमहरू गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स एरिया–५ का चिफ अभिनव मयूर कसौधनले कार्यकालको पहिलो कार्यक्रम मन्दिरबाट सुरु गर्नु राम्रो भएको बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जान आग्रह गरे ।

सो अवसरमा बोल्दै क्लबकी अध्यक्ष पाण्डेले क्लबको मूल उद्देश्य नै समाजसेवा रहेको बताइन् । उनले भनिन्, ‘आगामी दिनमा हामी क्लबलाई बलियो बनाएर लैजानेछौं । क्लबलाई अघि बढाउन सबैको साथ र सहयोगको अपेक्षा राखेका छौं ।’

WhatsApp Image 2024-07-02 at 8.47.57 AM.jpeg

लायन्स क्लब अफ लुम्बिनी क्रिएटीभ लेडीकी अध्यक्ष आयुषा पाण्डेको अध्यक्षता, कार्यक्रम संयोजक रीता थापाको स्वागत तथा भावना कडेरियाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।