२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न र सबै दललाई सरकारमा सहभागी हुन एमालेको आह्वान

बुधवार , आषाढ २०, २०८१

काठमाडौं, १९ असार ।

नेकपा एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले सचिवालय बैठकले बुधबारसम्म नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको हो । 

बैठकले कांग्रेस–एमालेबीच भएको सहमतिको स्वागतसहित समर्थन गरेको छ भने एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने नयाँ राष्ट्रिय सहमतिको सरकारमा सहभागी भएर राजनीतिक स्थायीत्व र आर्थिक समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले आफूहरुले वर्तमान सरकारको निरन्तरतामा जोड दिएका बेला सत्ता साझेदार दलहरुसँग छलफल नगरी प्रधानमन्त्री स्वयंले राष्ट्रिय सहमतीय सरकारको बहस चलाएको तर एमालेले विपक्षी दलबाट जानकारी पाउनुपर्ने अवस्था गम्भीर भएको बताए ।

उनले प्रधानमन्त्रीले नै राष्ट्रिय सहमतीय सरकारको कुरा गरेपछि अहिले नयाँ कोर्शमा पुगिएको जिकिर गरे । ज्ञवालीले संविधान बनेको लामो समय भइसक्दा यसको कमीकमजोरीका बारेमा समीक्षा गर्ने र राजनीतिक स्थायीत्वका लागि संविधान संशोधन गर्दै अघि बढ्ने बताए ।