२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेसले नयाँ सरकार गठनका लागि भएको सहमति अनुमोदन गर्‍यो

बुधवार , आषाढ २०, २०८१

काठमाडौं, १९ असार । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि एमालेसंग भएको सहमति अनुमोदन गरेको छ । 

बुधबार सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले एमालेसंग भएको सहमतिको स्वागत गर्दै अनुमोदन गर्ने निर्णय गरेको हो । बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेको छ ।  सहमति अनुसार राष्ट्रिय सहमतिय सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष केपी ओली र दाश्रो कार्यकाल सभापति देउवाले आगामी निर्वाचन सम्पन्न नभएसम्म नेतृत्व गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले राजनीतिक स्थीरताका साथै मुलुकमा सुशासन र समृद्धिका लागि एमालेसंग सहकार्य भएको बताए । प्रवक्ता महतले संविधानलाई सफल कार्यन्वयनका लागि आवश्यक संशोधन र सुधारका लागि सवै दलहरुसंग सघन छलफल गरिने उल्लेख गरे । कांग्रेस–एमालेबीच सरकार गठनको सहमति भएपछि स्वभाविक रुपमा मार्गप्रसस्त गर्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले साना दल मिरेर सरकार बनाउदा मुलुममा अस्थीरता देखिएको भन्दै ठूला दलहरु मिलेर सरकार बनाउनु व्यवहारिक देखिएको बताए । आवश्यकता अनुसार संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई सुदृढ बनाउनका लागि ठूला दलहरु एकठाँउमा आउनुपर्ने भन्दै उनले अहिलेको सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने दृढता रहेको उल्लेख गरे । 

त्यस्तै कांग्रेस कार्यसम्पादन बैठकले पार्टीका भातृसंगठनको म्याद थप गर्ने सभापतिको निर्णयलाई अनुमोदन गरेको छ ।