
बुधवार , आषाढ २०, २०८१
काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।
पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम सकिएपछि उक्त प्रतिवेदन सार्वजनिक गरिने सहप्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकको सुरुमा महामन्त्री ढकालको बैठक लाइभ गर्ने प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गर्दा बैठकको बहुमतले अस्वीकृत भएको झाले बताए ।
केन्द्रीय सदस्यहरुले प्रतिवेदन पढ्न नपाएकाले छलफलपछि मात्रै लाइभ गर्नेमा आफुहरुको जोड रहेको उनको भनाइ छ । बैठक लाइभ नभएपछि महामन्त्री ढकालले मुखमा टेप लगाएर मौन बसेको र अर्का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रतिवेदन बाचन गरेर सुनाएको सहप्रवक्ता झाले जानकारी दिए ।
उनले पार्टीभित्र कसैलाई कारवाही वा जिम्मेवारी हेरफेरको कुनै निर्णय नभएको बताए । महामन्त्री ढकालले पार्टीभित्रका कमी कमजोरीलाई औल्याउदै यसअघि नै पार्टी सभापति लामिछानेलाई उक्त प्रतिवेदन बुझाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij