
बुधवार , आषाढ २०, २०८१
काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्टाउने गरि संविधान संशोधन गर्ने आशंका पैदा भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले संविधान संशोधनको कुरा उठाउदै सत्ता समिकरण परिवर्तन गर्ने कुराले मुलुकको परिवर्तन नै खतरामा पर्ने आशंका पैदा भएको बताएका हुन् । उनले ४७ सालको संविधानको दिशातर्फ मुलुकलाई लैजान खोज्ने प्रयास पश्चगामी र प्रतिगामी कदम भएको जिकिर गरे । माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार गठनको प्रयास भइरहदा तयार नभएका दलहरुले अहिले मध्यरातमा त्यही बिषयमा हल्ला गर्दै सहमति गरेको उनको आरोप छ । उनले वर्तमान सरकार छाड्नुपर्ने कुनै उल्लेखिय कारण नभएपनि टिआरसी विधेयक र भुटानी शरणार्थी प्रकरणमा केहि व्यक्ति पक्राउको परिघटना हुनसक्ने आशंका गरे ।
महासचिव गुरुङले सरकार बनाउने नाममा संविधानको प्रावधानलाई उलंघन गर्ने काम गर्न नहुनेमा जोड दिए । उनले सरकारलाई दिएको समर्थन लिएमा प्रधानमन्त्रीले सदनमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने धारणा राखे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij