२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : गगन थापा

बिहिवार , आषाढ २१, २०८१

विराटनगर, २० असार ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट रुपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधान अनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भए पनि अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् । 

समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका विषयका साथै संघीयतालाई कार्यान्वयन गर्न संविधान संसोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेकाले संविधान संसोधन गर्न लागिएको उनले बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेस र नेकपा एमाले बीच नयाँ सहकार्य सुरु गरिएको पनि उनले बताए ।

त्यस्तै थापाले एमालेसँगको नयाँ गठबन्धन बनाइसकेपछि पनि प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण उनको नेतृत्वको सरकार ढलेको स्पष्ट पारे । संविधान संसोधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरुसहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उनको भनाइ छ ।