
बिहिवार , आषाढ २१, २०८१
काठमाडौं, २० असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा ऐन समयमा नै आउन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बताएका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले मुलुक संघीयतामा गएको लामो समय हुदा पनि आवश्यक ऐन समयमा नै ल्याउन नसक्दा संघ र प्रदेशको कर्मचारी व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् ।
स्थानीय तहमा प्रमुख प्रशासनकीय अधिकृत पठाउदा आफुले निकै दवाव महशुस गरेको उनको भनाइ छ । उनले निश्चित मापदण्ड नहुदा स्थानीय तहमा खटाएका कर्मचारी कार्यस्थलमा जान नखोज्ने र गएका कर्मचारीहरुलाई पनि हाजिर गर्न नदिने प्रवृतिहरु देखापरेको धारणा राखे । मुलुकको राजनीतिक अस्थीरताका कारण पनि मन्त्रालयमा गएर सहज रुपमा काम गर्न नसकेको उनको भनाइ छ ।
उनले प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा सरकारबाट कर्मचारी व्यवस्था गरिदै आएको जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij