२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्छौं : महासचिव भुसाल

बिहिवार , आषाढ २१, २०८१

काठमाडौं, २० असार । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन्  । 

बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे । कांग्रेस–एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उहाको भनाइ छ । उनले संविधान संशोधनको मुद्दा स्पष्ट रुपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रुपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरे । 

उनले पार्टी नेतृत्व चयनका बिषयमा सकारात्मक रुपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताए ।