२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सहकारी ठगि प्रकरणमा प्रहरीले गरेको अनुसन्धानबारे छानबिन समितिले जानकारी लिने

बिहिवार , आषाढ २१, २०८१

काठमाडौं, २० असार । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगि प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र अन्य निकायले सहकारी ठगि प्रकरणमा गरिरहेको अनुसन्धानका बारेमा जानकारी लिन गृह सचिव र प्रहरी महानिरिक्षणलाई बोलाउने निर्णय गरेको समितिका संयोजक सांसद सूर्य थापाले जानकारी दिए । बिहीबारको बैठकमा महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसंग सहकारीका बिषयमा छलफल गरेको उनले बताए । महालेखाका प्रतिवेदनमा सहकारी समस्याका बिषय उल्लेख भएकाले महालेखा परीक्षकसंग छलफल गरिएको उनको भनाइ छ । सहकारी बिभागले सहकारी प्रणाली बिकसित गरेको तर प्रभावकारी रुपमा कार्यान्वयन नभएको पाइएको संयोजक थापाले बताए । 

उनले सहकारी क्षेत्रलाई व्यवस्थीत गर्ने सन्दर्भमा सम्पती शुद्धिकरण गर्नुपर्ने लगाएका सुझाव आएको जिकिर गरे । बैठकले सहकारी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई समितिको सम्पर्कमा आएर छानविनमा सघाउन आग्रह गरेको संयोजक थापाले बताए ।