
बिहिवार , आषाढ २१, २०८१
रुपन्देही, २० असार ।
लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा मुख्यमन्त्री जोख बहादुर महरालाई बिहीबार बेलुकी सरकारी निवासमा भेटेर पाँचजना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
आर्थिक मामिला मन्त्री चेत नारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका छन् ।
एमालेले बिहीबार नै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीले जानकारी दिए ।
एमालेले समर्थन फिर्ता लिएसँगै महरा नेतृत्वको लुम्बिनी सरकार अल्पमतमा परेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij